२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङ–१ मा केसी झिनो मतान्तरले अघि


जनमञ्च संवाददाता
  • ६ मंसिर २०७९ , मंगलबार

  • बागलुङ–१ मा केसी झिनो मतान्तरले अघि

    बागलुङ, ६ मंसिर– बाग्लुङ निर्वाचन क्षेत्र नं. १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा झिनो मतान्तरले अग्रता कायम राखेका छन् ।
    केसीले दुई हजार नौ सय ३ मत प्राप्त गरेका छन्भने उनलाई नेकपा (एमाले)का डा. सूर्यप्रसाद पाठकले दुई हजार ८ सय ३२ मतसहित पछ्याएका छन् । बिहान ८ः०० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले एक हजार ५ सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले आठ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६२ मत प्राप्त गरेका छन् । हालसम्म दुई सय ७० मत बदर भएको छ ।
    त्यस्तै बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले जारी मतगणनामा अग्रता कायमै राखेका छन् । पौडेलले ४ हजार १ सय ३५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा एमालेका उमेद्वार मञ्जु शर्मा चालिसेले ३ हजार ५ सय २७ मतसहित पछ्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ६ सय ८९ मत पाएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend