११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो टोली


जनमञ्च संवाददाता
  • ११ मंसिर २०७९ , आइतबार

  • फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो टोली

    काठमाडौं, ११ मंसिर– विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो । लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । डेनमार्कका क्रिस्टेन्सनले १ गोल फर्काए ।
    समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ । अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।
    पोल्याण्डको पहिलो जित
    विश्वकप फुटबलमा पोल्याण्डले पहिलो जित निकालेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको हो । कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरे । ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए । पहिलो जित हात पारेको पोल्याण्ड समूह सी को शीर्ष स्थानमा रहँदा हारका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ ।
    अर्जेन्टिनाले मेक्सिकोलाई हरायो
    विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो । समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो । खेल सकिन तीन मिनेट अघि मेस्सीको पासमा फर्नान्डेजले गोल गर्दै टिमको जित सुनिश्चित गरे । जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend