बागलुङ, १३ मंसिर– एउटै विद्यालयमा २५ बर्ष लामो सेवा गरेर अवकास प्राप्त प्रधानाध्यापकलाई बागलुङको एक विद्यालयले बिदाई गरेको छ । बागलुङ नगरपालिका वडा नं. ७ मा रहेको ज्योतीपुञ्ज प्राथमिक विद्यायका पूर्व प्रधानाध्यापक यामनारायण आचार्यलाई विद्यालयले बिदाई गरेको हो ।
उमेर हदका कारण अवकास पाएका आचार्यले बिद्यालयको विकासमा ठुलो योगदान गरेका थिए । बिदाई समारोहमा बोल्दै आचार्यले चेतनाको बिउ रोप्ने काममा ज्योतीपुञ्जको महत्वपूर्ण भुमिका रहेको भन्दै विद्यालयको भौतिक र शैक्षिक विकासका अभिभावकको महत्वपूर्ण भुमिका हुने बताए ।
विद्यालयबाट अन्यत्र सरुवा भएका दुई जना शिक्षिकालाई पनि बिदाई गरिएको थियो । शिक्षिका पुष्पा पन्त र गीता केसीलाई सोही समारोहमा बिदाई गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण तथा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।