पहिलो दुई खेल
ट्युनिसियाविरुद्व फ्रान्स
अष्ट्रेलियाविरुद्व डेनमार्क
(बेलुका ८ : ४५ बजे)
दोस्रो दुई खेल
अर्जेन्टिनाविरुद्व पोल्याण्ड
साउदी अरबविरुद्व र मेक्सिको
(राती १२ : ४५ बजे)
काठमाडौं, १४ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । आजका पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।
दुबै खेल नेपाली समयअनुसार बेलुका ८ : ४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुंगो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।
दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ : ४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्नेछ ।
अमेरिका, इंग्ल्याण्ड, सेनेगल र नेदरल्याण्ड नकआउटचरणमा
अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राती इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।
इंग्ल्यान्ड पनि कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राती नै भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । फिल फोडेनको नाममा एक गोल रह्यो ।
सैगरी, सेनेगल र नेदरल्याण्ड फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राती भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल र नेदरल्याण्डले आयोजक कतारलाई २–० गोलको अन्तरले हराउँदै राउण्ड अफ १६ मा प्रवेश गरेका हुन् ।