२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

गलकोटमा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण


जनमञ्च संवाददाता
  • १६ मंसिर २०७९ , शुक्रबार

  • गलकोटमा २० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    बागलुङ, १६ मंसिर– जिल्लाको गलकोट नगरपालिकाभित्रका २ विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
    रोट्रयाक्ट क्लव अफ गलकोट आयोजना तथा गलकोट अपडेटको समन्वयमा गलकोट नगरपालिकाभित्रका २ विद्यालय खरुवा माध्यामिक विद्यालय र लक्ष्मी नारायण आधारभुत विद्यालयका २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
    गलकोट नगरपालिका–४ को खरुवा माविका १० जना र गलकोट नगरपालिका–९ को लक्ष्मीनारायण आधारभुत विद्यालयको १० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको रोट्रयाक्ट क्लव अफ गलकोटका उपाध्यक्ष विदुर खरेलले जानकारी दिए ।
    गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले कापी, कलम लगायतका शैक्षिक सामग्रि हस्तान्तरण गरिएको खरेलले बताए । रोट्रयाक्ट क्लव अफ गलकोटका अध्यक्ष ईश्वर गौतमले क्लवले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको र गरिब तथा विपन्न विद्यार्थिलाई शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend