१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु


जनमञ्च संवाददाता
  • १९ मंसिर २०७९ , सोमबार

  • पश्चिम बागलुङको रणनीतिक सडक निर्माण सुरु

    फाइल तस्बिर
    बागलुङ, १९ मंसिर– जिल्लाको गलकोट नगरपालिका वडा नं. ५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरु भएको छ ।
    शनिबार गलकोट नगरपालिकाको मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ गरे । सो अवसरमा उनले गलकोट मात्रै नभएर सिंगै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरुदण्डका रूपमा रहने बताए ।
    सडक विभागले ३० करोड ४३ लाखको ठेक्कामार्फत आयोजनाको काम अघि बढाएको हो । निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्शन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किलोमीटर सडक कालोपत्रे गरिने जानकारी दिए ।
    सुरुको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाई छ । ‘कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने लक्ष्य छ’ प्रबन्धक लामाले भने, ‘एघार किलोमीटरमा सडक कटिङ हुन्छ, आठ किलोमीटर जति कालोपत्रे हुन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend