मुस्ताङ, २६ मंसिर– ट्राफिक प्रहरी कार्यालय मुस्ताङले पाँच महिनामा १३ लाख ६० हजार राजस्व संकलन गरेको छ । चालु वर्षको साउनदेखि मंसिर १८ गतेसम्म १ हजार ३९६ सवारीलाई कारबाही गर्दा सो राजस्व संकलन भएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ मा कुल ९ सय ३० सवारीलाई कारवाही गर्दा ५ लाख ३६ हजार ट्राफिक राजस्व संकलन भएको थियो । गतवर्ष भने २ हजार १ सय ८४ सवारी साधनलाई कारवाही गर्दा १३ लाख ७४ हजार राजस्व उठेको थियो ।
गतवर्षको तथ्यांक हेर्दा चालु वर्ष राजस्व दोब्बरले वृद्धि हुनसक्ने इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्याम नारायण पौडेलले जानकारी दिए । मुस्ताङमा सडकको पहुँच सहजसंगै जिल्ला बाहिरबाट उल्लेख सवारी साधन भित्रिने गरेका छन् । मुस्ताङ र म्याग्दीको सीमावर्ती क्षेत्र घाँसा प्रहरी चेकपोष्ट, जोमसोम, कागबेनी र मुक्तिनाथमा ट्राफिक प्रहरीले सवारी साधनको चेकजाँच र निगरानी गर्दै आएको छ ।