२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

अब बागलुङमै आइएलटिएसका लागि ग्रेस इन्टरनेशनल


जनमञ्च संवाददाता
  • २६ मंसिर २०७९ , सोमबार

  • अब बागलुङमै आइएलटिएसका लागि ग्रेस इन्टरनेशनल

    बागलुङ, २६ मंसिर– अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्याण्ड लगायतको देशमा अध्ययन वा रोजगारीका लागि जाने युवाका लागि बागलुङमा अध्ययन गर्न पाइने भएको छ ।
    धौलागिरि मोर्डन इन्स्चिच्युटले ग्रेस इन्टरनेशनल एजुकेसन संस्थाको सहकार्यमा यो काम थालेको हो । आइतवार एक कार्यक्रमका बीच उक्त संस्थाको कार्यालय स्थापना भएको हो ।
    ग्रेस इन्टरनेशनल एजुकेशन पोखराका प्रमुख प्रदिपकुमार बस्याल र इन्स्चिच्युटका प्रमुख ओमकार थापाले बागलुङ कार्यालयको संयुक्त रुपमा उद्घाटन गरे । ग्रेस इन्टरनेशनलबाट आइएलटिएसलगायत बिदेश जान चाहने युवाले आवस्यक शिक्षा र सीप यहाँ सिक्नेछन् ।
    यो अबसर बागलुङमा शुरु भएको भन्दै युवाले खुसी समेत व्यक्त गरे । ‘पोखरा पुगेर धेरै रकम खर्च गर्ने, त्यही बस्ने समस्या थियो अब यही बसेर पढ्न मिल्ने भयो’ बिद्यार्थी अमृता पौडेलले भनिन्, ‘धेरै युवाको चाहना बागलुङमा पुरा हुने भयो ।’ ग्रेस इन्टरनेशनको अहिलेसम्म नेपालभर १२ वटा शाखा स्थापना भैसकेको बस्यालले जानकारी दिए । कार्यक्रममा बिद्यार्थी नेता श्रीकृष्ण पौडेल, ग्रेस इन्टरनेशनल पोखराका बिनय श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
    पछिल्लो समय युवाहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशमा जान थालेका छन् । यो क्रमलाई युवा पलायनभन्दा गुणस्तरीय शिक्षाको रुपमा लिनुपर्ने बस्यालले बताए । ‘युवाहरु जुनसुकै स्थानमा पढेपनि पछि रोजगारीको रुपमा नेपालमा बस्ने वातावरण राज्यले बनाउनु पर्छ’ उनले भने, ‘युवा रोजगारी बन्न दक्ष र सीपयुक्त बन्नुपर्छ ।’ पछिल्लो समय विश्वभरी पढ्ने र काम गर्ने अबसरहरु शुरु भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend