काठमाडौं, २६ मंसिर– दक्षिण कोरिया र युएई यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा महिलामा युएई च्याम्पियन बनेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित गर्यो । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।
पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले स्कोरले पहिलो भयो । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्यो ।
महिलाको उपाधि भिडन्तमा युएइले भारतको चुनौती २६–५ ले समाप्त पा¥यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए ।