२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

मालढुंगा–हर्मिचौर खण्ड कालोपत्रे दुई वर्षमा सक्ने लक्ष्य


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७९ , बुधबार

  • मालढुंगा–हर्मिचौर खण्ड कालोपत्रे दुई वर्षमा सक्ने लक्ष्य

    बागलुङ, २८ मंसिर– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ ।
    कालीगण्डकी कोरिडोर सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुंगाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रेको काम थालेको हो ।
    बागलुङ नगरपालिका वडा नं. १ मालढुंगा–बलेवा विमानस्थल सम्मको १० र बलेवा विमानस्थल–हर्मिचौरसम्मको ४४ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले बताए ।
    मालढुंगा–बलेवा खण्डको कामको जिम्मेवारी पाएको खड्का–कृष्ण बिएन जेभीले सडक फराकिलो र संरचना निर्माणको काम सुरु गरेको छ । दश किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको हो । दुई वर्षमा मालढुंगा–बलेवा खण्ड कालोपत्रे भइसक्ने पौडेलको दाबी छ ।
    त्यस्तै, बलेवा विमानस्थल–हर्मिचौर सडकखण्ड कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सनले जिम्मेवारी पाएको छ । ३ अर्ब ३० करोडमा तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पौडेलले जानकारी दिए । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्रे हुन लागेका दुई खण्डहुँदै गुल्मी र बागलुङका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।
    करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, जैमिनीधाम, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend