१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण


जनमञ्च संवाददाता
  • २ पौस २०७९ , शनिबार

  • चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

    काठमाडौं, २ पुस– चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो ।
    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव ८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष आप्रवाह ७ दशमलव ३ प्रतिशतले घटेको थियो ।
    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक सय दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
    यस्तै, नेपालमा चालु आर्थिक वर्षको पहिलो महिनाबाटै मुद्रास्फीति चापमा छ । चौथो महिनासम्म आइपुग्दा पनि मुद्रास्फीतिमा चाप जारी छ । सरकार र राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति ७ प्रतिशतभित्र राख्ने लक्ष्य लिएका थिए ।
    पहिलो चौमासिकसम्म आइपुग्दा मुद्रास्फीति ८ दशमलम शुन्य ८ प्रतिशत देखिएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति असोजसम्म ८ दशमलब ५० प्रतिशत थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend