बागलुङ, ३ पुस– राजनीति शाष्त्रका प्राध्यापक, बिद्यार्थी र सरोकार राख्नेहरुको भेलाले पोलिटिकल साइन्स सोसाइटी नेपाल बागलुङ शाखा स्थापना गरेको छ ।
समितिको संयोजकमा हालै मात्र त्रिभूवन विश्वविद्यालयबाट बिद्यावारिधी प्राप्त गरेका धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम रहेका छन् ।
समितिको सहसंयोजकमा मोहमद अजिज, सचिवमा धौलागिरि बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापा, सदस्यहरुमा बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्त, उपप्राध्यापक गोबिन्दराज गौतम, बिष्णुप्रसाद शर्मा, शिवप्रसाद पोखरेल, यामबहादुर थापा, बिक्रम शर्मा, पत्रकारद्वय प्रकाश बराल र संगम घर्तीमगर रहेका छन् ।
सोसाइटीले जिल्लामा राजनीतिक दल र जनप्रतिनिधि लगायतसँग समन्वयात्मक छलफल चलाएर जिल्ला तहको राजनीतिक क्षेत्रमा सुधार ल्याउन पहल गर्ने अध्यक्ष गौतमले जानकारी दिए ।