बागलुङ, ४ पुस– घरेलु तथा साना उद्योग कार्यालय बागलुङले महिला उद्यमी उत्पादनका लागि उद्यमशिलता विकास तालिम संचालनमा ल्याएको छ ।
कार्यालयमा दश दिनको प्याकेज संचालन गरेर ६० जनाभन्दा बढी महिलालाई दिईएको उद्यमशिलिता तालिममा जिल्लाभरका पालिकाबाट महिलाहरु सहभागि छन् । मंंसिर १८ देखि २८ गतेसम्म एउटा प्याकेजअन्र्तगत ३३ जनाका लागि संचालन गरेको कार्यालयले दोश्रो प्याकेज थालेको हो ।
यो प्याकेजमा पनि ३५ जना सहभागि भएको कार्यालयकी प्रमुख गोमादेवी रिजालले जानकारी दिइन् । तालिममा रिजालसहित सफल उद्यमीले पनि सहजीकरण गर्नुभएको छ । उद्यमशिल तालिम लिएकाहरुले व्यवसाय थाल्न सक्नेछन् ।
कार्यालयले सीपमूलक तालिम पनि संचालन गर्ने, तालिम पाएकालाई स्तरोन्नती गर्ने काम सँगै प्रविधि हस्तान्तरण गर्ने योजना छ । कार्यालयले ४५ दिने मोटरसाइकल मर्मत तालिम पनि संचालनमा ल्याएको छ ।