२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

संरक्षणको पर्खाइँमा आर्थरडाँडाखर्कका घुमाउने घर


जनमञ्च संवाददाता
  • ६ पौस २०७९ , बुधबार

  • संरक्षणको पर्खाइँमा आर्थरडाँडाखर्कका घुमाउने घर

    पर्वत, ६ पुस– जिल्लाको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् ।
    गाउँमा आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो । कुश्माबजार र पोखरादेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन पर्या–पर्याटनको संभावना बोकेको आर्थरडाँडाका पाहुना घरमा पुग्ने गर्छन् ।
    ‘परम्परागत घुमाउने घर लोप हुनु भनेको जातीय, भौगोलिकताको पहिचान र मौलिकता गुमाउनु हो’, पर्वत उद्योग वाणिज्य संघका सचिव राजन गुरुङले भने ‘आर्थरको पर्यटनलाई बढवा दिन घुमाउने घर संरक्षणमा सबैले ध्यान दिनुपर्छ ।’
    कुश्मादेखि सार्वजनिक यातायातमा डेढ घण्टाको यात्रापछि आर्थर पुगिन्छ । आर्थर आउने पर्यटकको बसाइँलाई ध्यानमा राख्दै प्रत्येकजसो घरमा पाहुना घर स्थापना गरिएका छन् । पाहुना घरले स्थानीय उत्पादनको स्वाद चखाउनेदेखि पर्यटकको मनोरञ्जनका लागि साँस्कृतिक झाकी समेत देखाउने गर्छन् ।
    ‘कुश्मादेखि नजिकै भएर पनि आर्थरगाउँ टाढिए जस्तो देखिन्छ’, स्थानीयवासी रुपा थापा गुरुङले भनिे, ‘गाउँमा रहेको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कलासंस्कृति झल्कने ढुंगाका पुराना र घुमाउने घर समेटिने गरी गुरुङ संग्राहलय बनाई गाउँकै प्रवद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend