२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

वडामै योजना सम्झौता हुँदा समय र खर्चको बचत


जनमञ्च संवाददाता
  • ६ पौस २०७९ , बुधबार

  • वडामै योजना सम्झौता हुँदा समय र खर्चको बचत

    म्याग्दी, ६ पुस– जिल्लाको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।
    गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र वडा नम्बर ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि घुम्ती शिविर सञ्चालन गरिएको छ ।
    मराङमा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका १८ योजनाको वडा कार्यालयमा सम्झौता गरिएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । वडामै योजना सम्झौता हुँदा समय र व्ययभार घटेको अर्वाङ–थापाघडेरी मोटरबाटो निर्माण समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताए ।
    मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकमहुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।
    सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । शिविरमा योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाबारे परामर्श पनि दिइएको छ ।
    ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ । चालु आर्थिक वर्षमा एक सय २० वटा पूर्वाधारसम्बन्धी योजना छनोट गरेको धवलागिरि गाउँपालिकाले चारवटा ठेक्का सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend