२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

मुस्ताङका विद्यालय दुई महिनाका लागि बन्द


जनमञ्च संवाददाता
  • ७ पौस २०७९ , बिहिबार

  • मुस्ताङका विद्यालय दुई महिनाका लागि बन्द

    मुस्ताङ, ७ पुस– जिल्लामा दुई महिनाका लागि विद्यालय बन्द भएका छन् । अत्याधिक चिसोसँगै सम्भावित हिमपातले जनजीवन कष्टकर हुने भएकाले मुस्ताङका शैक्षिक संस्थाहरूलाई पुसको पहिलो हप्तादेखि हिउँदे बिदा दिइएको हो ।
    मुस्ताङका ३४ सामुदायिक विद्यालयमध्ये लोमान्थाङ गाउँपालिका–३ लोघेकर दामोदरकुण्डको ७ र वारागुङ मुक्तिक्षेत्रका दुई गरी कुल १२ वटा विद्यालय घुम्ती कक्षाका लागि पोखरा स्थान्तरण गरिसकिएको छ ।
    यसबाहेक २२ वटा सामुदायिक विद्यालयलाई सम्बन्धित शिक्षा शाखाको समन्वयमा पुसको पहिलो हप्तादेखि २ महिना लामो हिउँदे बिदा दिएर शैक्षिक पठनपाठन पूर्ण रूपमा बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले जानकारी दिए ।
    विकका अनुसार घुम्ती कक्षाका लागि झरेका विद्यालयबाहेक अन्य विद्यालयहरूले चालु वर्षको वार्षिक परीक्षा सकेका छन् । उनीहरूलाई परीक्षा सकेर हिउँदे बिदा दिइएको हो । सामुदायिक विद्यालयमा ३ हजार ८ सय ७५ जना विद्यार्थी छन् ।
    लोमान्थाङको राष्ट्रिय आविलाई पोखरा किमबेसी, दिव्यदीप माविलाई पोखरा विजयपुर र जिन्जु आवि छोन्हुपलाई पोखरा हेम्जामा स्थान्तरण गरिएको हो । चिसोका कारण बेसी झरेका विद्यालयका वार्षिक परीक्षा चैत्र महिनामा हुने र नयाँ शत्रको पढाइका लागि बैशाख महिनामा लेक उक्लिने प्रचलन छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend