२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

जेष्ठ नागरिकको सम्मानमा अक्षयकोष


जनमञ्च संवाददाता
  • ११ पौस २०७९ , सोमबार

  • जेष्ठ नागरिकको सम्मानमा अक्षयकोष

    बागलुङ, ११ पुस– जेष्ठ नागरिक जिल्ला संघ बागलुङले जेष्ठ सदस्यको सम्मान तथा उपचार सेवाका लागि कोष स्थापना गरेको छ ।
    संघका जिल्ला अध्यक्ष लालचन्द्र राजभण्डारीले १ लाख नगद राखेर सुरुवात गरेको संघमा बागलुङ कल्याण समाज महिला समूह काठमाण्डौंले १ लाख र बिद्यामन्दिर माध्यामिक बिद्यालय बागलुङले २५ हजार राखेपछि २ लख २५ हजारको अक्षयकोष स्थापना भएको हो ।
    संघको आयोजनामा सोमबार आयोजित दोश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवश कार्यक्रममा उक्त कोषको घोषणा गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले जेष्ठ नागरिकहरु शरिरीक रुपमा बुढाबुढी भएपनि बौद्धिक रुपमा अनुभवको खानी भएको बताएका थिए । ‘उनीहरुबाट हामीले धेरै कुरा सिक्न सकिन्छ’ श्रेष्ठले भने ।
    संघका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव हरि सुवेदीको संचालन र उपाध्यक्ष चिरन्जिवी श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख डम्बरबहादुर जिसी, बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, वडा नं. १२ का अध्यक्ष कोपिलामणी शर्मा, धौलागिरि अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरे, जेष्ठ नागरिक देववहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
    उक्त अवसरमा होटल व्यवसायीसमेत रहेका बानपा–२ का निलेस राजभण्डारी र बानपा–२ बस्ने आशा थापालाई सम्मान गरिएको थियो । राजभण्डारीले आफ्नै बाबुलाई कलेजो दान गरेका थिए । थापाले पनि बाबुआमाको स्याहार गरेर बसेकी छिन् । उनीहरुलाई असल छोरा र असल छोरीको रुपमा सम्मानित गरिएको हो ।
    संघले बागलुङ नगरपालिकाभित्रका १४ वटै वडाका जेष्ठ नागरिकलाई लौरो, तातो पानीको थर्मस र उज्यालोका लागि लाइटसमेत बितरण गरिएका थियो । यो अभियानका लागि बागलुङ नगरपालिकाले २ लाख, सामाजिक विकास कार्यालयले ५० हजार, बिद्यामन्दिर माबिले २५ हजार सहयोग गरेको थियो ।
    त्यस्तै अमेरिकामा बस्ने टेकबहादुर भण्डारीले ५० हजार, ताराखोलाकी माया बस्नेतले २० हजार र बागलुङ समाज कल्णण केन्द्र महिला समूहको १२ हजार र रामचन्द्र राजभण्डारीले ५ हजार रुपैयाँ सहयोग गरेको बानपाकी महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वती देवी रेग्मीले जानकारी दिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend