२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङ नगरपालिकालाई ४ सडक कालोपत्रे गर्न ५८ करोड अनुदान


जनमञ्च संवाददाता
  • १२ पौस २०७९ , मंगलबार

  • बागलुङ नगरपालिकालाई ४ सडक कालोपत्रे गर्न ५८ करोड अनुदान

    बागलुङ, १२ पुस– बागलुङ नगरपालिकाले चारवटा सडक कालोपत्रे गर्न ५८ करोड अनुदान पाउने भएको छ । विश्व बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले बागलुङको भौतिक पूर्वाधार विकासका लागि ५८ करोड अनुदानस्वरुप दिने भएको हो ।
    ‘नेपाल सरकारलाई विश्व बैंकमार्फत आएको ऋण भौतिक पूर्वाधार निर्माणका लागि अनुदानस्वरुप आएको छ, अनुदान सम्झौता गतवर्ष नै भइसकेको हो’ नगरउपप्रमुख राजु खड्काले भने, ‘नगर कार्यपालिकाले अनुदान रकमबाट नगरका चार सडक कालोपत्रे गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।’
    प्राप्त हुने रकममध्ये तीन करोडको लागतमा सबै सडकको डिपिआर बनाइने र ५५ करोड बजेटबाट बागलुङ नगरपालिकाको रामरेखास्थित गणेशथानदेखि निरयघाट, ओढारचौरदेखि ढोडेनी, मूलपानीबाट भीमपोखरा र बलेवा विमानस्थलदेखि पैँयूपाटाहुँदै अमलाचौरको भैरवस्थानसम्म पुग्ने सडक कालोपत्रे गरिने छ ।
    उपप्रमुख खड्काका अनुसार आएको अनुदान रकम सडक, भवन, खानेपानी, सिँचाइ तथा पर्यटन पूर्वाधारमा मात्रै खर्च गर्न मिल्ने भएपनि पक्की सडकको अभाव भएकाले सडक निर्माणमै बजेट खर्चिने नगरपालिकाले निर्णय गरेको छ ।
    पाँच वर्षभित्र सक्नेगरी पूर्वाधार विकासमा ७० र सुशासनमा ३० प्रतिशतमा खर्च गर्नुपर्ने शर्त रहेको नगरपालिका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिए । सुशासनतर्फ खर्च हुने बजेट भने महिला, दलित, उपेक्षित वर्गको हित, योजना तर्जुमा र प्रविधिको पुहँच स्थापनाका लागि खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend