२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बाँदर आतंकले हिउँदे बाली झुल्ने जमिन बाँझै


जनमञ्च संवाददाता
  • १३ पौस २०७९ , बुधबार

  • बाँदर आतंकले हिउँदे बाली झुल्ने जमिन बाँझै

    पर्वत, १३ पुस– जिल्लाका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै जाँदा हिउँदे बाली लगाउने प्रचलन कम हुँदै गएको छ । धानबाली भित्राएपछि किसानले जमिन बाँझै छोड्न थालेका छन् ।
    कुश्मा नगरपालिका वडा नं. ९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको गुनासो गरे । बाँदर आतंक बढ्दै गएपछि पुनाखरको जमिनसँगै जोडिएको विष्णुहरि पराजुली र टीकाराम तिवारीले ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छाडेका छन् ।
    उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोड्नुभएको छ । ‘धान जेनतेन थन्क्याउन सकिन्छ’, टीकारामले भने, ‘हिउँदेखेती जति नै प्रयास गर्दा पनि बाँदर आतंकबाट जोगाउन नसकेपछि आजित भएर लगाउनै छोडियो ।’
    यस्तै, फलेवास नगरपालिका वडा नं. ४ का रामप्रसाद गौडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै बाँदरले क्षति पु¥याएपछि लगाउनै छोडेको बताए । बाँदरको हैरानी खेप्न नसकेपछि गौडेल दुई वर्षयता बेसार, अदुवा र तोरी लगायतका वैकल्पिक खेतीतर्फ लागेका छन् ।
    बाँदर धपाउन समूह बनाएर बस्दा पनि समाधान नभएको स्थानीय गुनासो गर्छन् । ‘पहिला कुकुर भुक्दा भाग्थ्यो, अहिले कुकुरलाई नै झम्टिन आउँछ’ जलजला गाउँपालिका–५ की पार्वती खत्रीले गुनासो गर्दै भनिन्, ‘रोपेको २५ केजी आलु बाँदर पसेपछि दुई सय बोट पनि जोगाउन सकिएन ।’
    पर्वतमा आलुको पकेटक्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कको आलुखेतीमा पनि बाँदरले दुख दिएको बाँसखर्कका किसान समुद्र खत्रीले बताए । बाँदरकै कारण किसानले खेती गर्न छाडेपछि हिउँदे बालीको बिउ अपेक्षित माग नआएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend