बागलुङ, १८ पुस– महिला उद्यमशिलता विकास सहकारी संस्था बागलुङको २२ औँ साधारणसभा तथा ७ औं अधिवेशन सोमबार सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै संस्थाका संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटा, सल्लाहकार कृष्णशंकर श्रेष्ठ, पत्रकार महासंघ बागलुङका पुर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, सहकारीका संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठ, सहकारीका संरक्षक चन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार बिना कार्की, शेयर सदस्य मनमाया श्रेष्ठले सहकारी बचत तथा ऋणमा मात्र सिमित नभै उद्यमी बनाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
साधारणसभामा सचिव पुष्पकिरण श्रेष्ठले प्रगति प्रतिवेदन, संगीता श्रेष्ठले आर्थिक र रञ्जना श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले आर्थिक बर्ष २०७८÷७९ मा २ करोड ५२ लाख १६ हजारको कारोवार गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष अर्चना पालिखेको स्वागत र सचिव पुष्पकिरण श्रेष्ठ सैजुको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।