२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

जलविद्युत् आयोजनासँगै गाउँमा सडक संजालको पहुँच


जनमञ्च संवाददाता
  • १९ पौस २०७९ , मंगलबार

  • जलविद्युत् आयोजनासँगै गाउँमा सडक संजालको पहुँच
    eL/sf] ;8sdf hf]lvdk"0f{ ofqf Af]gL !% k'; M DofUbLsf] cGgk"0f{ ufpFkflnsf–$ gf/Rofªsf] a];Lb]lv n]sufpF hfg] ;8sv08 cGtu{t cSs/] kxf8df lgdf{0f ul/Psf] ;8ssf] 6ofsdf hf]lvdk"0f{ ofqf ub}{ ;j{;fwf/0f . oxfF eL/sf] k'5f/b]lv lz/;Dd !! j6f 3'DtL agfP/ ;8ssf] 6ofs lgdf{0f ul/Psf] 5 . Tfl:a/ M sdn vqL

    म्याग्दी, १९ पुस– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ ।
    १ सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा पहाडको कारण वर्षौंदेखि पूरा हुन नसकेको सडक चाहना आयोजनाले करोडौँ लगानी गरेर पूरा गरिदिएको हो ।
    बेँसीगाउँदेखि लेकगाउँतर्फ सडकको पहुँच पु¥याउन स्थानीयवासीले चन्दा संकलन गरेर प्रयास गरेपनि अक्करे भिरको कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णता दिएको हो ।
    बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ घुम्तीहुँदै सडक विस्तार गरेर लेकगाउँ पु¥याइएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिए । यो भिरमा मात्रै सडक निर्माण गर्न तीन वर्ष बढी समय लागेको थियो । आयोजनाले बेँसीबाट लेकगाउँ सम्मको पाँच किलोमिटर सडक निर्माण गरेपछि मात्रै गाउँमा यातायातको पहुँच पुगेको पुर्जाले बताए ।
    सडकको पहुँच पुगेपछि वडा, पालिका र सदरमुकाम आउँदा पैदल हिँड्नुपर्ने झण्झट हटेको छ भने सामग्री ढुवानीमा सहज भएको स्थानीयवासी बताउँछन् । आयोजनाको पहुँचमार्गका लागि कूल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ ।
    विद्युत आयोजनाले स्थानीयलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको इन्जिनियर आयुष भट्टराईले जानकारी दिए । आयोजनाले जिभुमे थान निर्माण र क्रान्ति आधारभूत विद्यालयको छानो फेर्न आर्थिक सहयोग गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend