२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

लागूऔषध मुद्दामा निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीलाई जरिवानासहित तीन वर्ष कैद


जनमञ्च संवाददाता
  • १९ पौस २०७९ , मंगलबार

  • लागूऔषध मुद्दामा निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीलाई जरिवानासहित तीन वर्ष कैद

    बागलुङ, १९ पुस– जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।
    बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।
    निसीखोला गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला न्यायाधीश डा. भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै जरिवानासहित कैद फैसाला गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend