२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

जलजलाका वडामा एकीकृत घुम्ती शिविर


जनमञ्च संवाददाता
  • २० पौस २०७९ , बुधबार

  • जलजलाका वडामा एकीकृत घुम्ती शिविर

    पर्वत, २० पुस– जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा वडामा पुगेर घुम्ती शिविर सञ्चालन गर्न सुरु गरेको छ ।
    कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा आउनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकलाई सेवा प्रदानमा सहज बनाउन घुम्ती शिविर अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
    अध्यक्ष आचार्यका अनुसार, शिविरबाट सम्पत्ति तथा भूमिकर, योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण तथा निवेदन संकलन, व्यवसाय नवीकरण, ज्येष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएका नागरिकलाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान भइरहेका छन् ।
    सामान्य सेवा लिनपनि लामो दूरीको यात्रा गरेर गाउँपालिकाको केन्द्रमा धाउँदा नागरिकलाई सास्ती हुने भएकाले सहज होस् भनेर शिविर सञ्चालन गरिएको अध्यक्ष आचार्यले बताए । गत पुस १४ गते बसेको कार्यपालिकाको बैठकले वडा वडामा घुम्ती शिविर संचालन गर्ने निर्णय गरेको थियो ।
    वडा वडामा शिविर संचालन भएपछि सेवाग्राही लाभान्वित भएका छन् । भूमिकर तिर्नकै लागि वडा नं. ३ को कर्यालयमा पुगेका माझफाँटका ६८ वर्षिय मथुरा बरुवालले भने, ‘घरदैलोमा सेवा पाउँदा ज्येष्ठ नागरिकलाई राहत हुनेछ ।’ बरुवाललाई यसअघि पालिकाका सेवा लिन माझफाँटबाट लामाखेत आउनुपथ्र्याे ।
    हाल अत्याधिक चिसो बढेकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यलाई गाउँपालिकाले निरन्तरता दिने भएको छ । शिविर सञ्चालनको क्रममा पालिकावासीले राखेका अपेक्षासमेत संकलन गरि आगामी दिन योजना तयार गर्ने गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend