२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

आफन्तको स्मृतिमा मानवसेवा आश्रममा सहयोग


जनमञ्च संवाददाता
  • २४ पौस २०७९ , आइतबार

  • आफन्तको स्मृतिमा मानवसेवा आश्रममा सहयोग

    बागलुङ, २४ पुस– मानव सेवा आश्रम बागलुङमा आश्रितलाई बागलुङ नगरपालिका–३ निबासी समाजसेवी मोम कुमारी गौतमले दिवा खाजा खुवाएकी छिन् । साथै, उनले आश्रमलाई नगद १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् ।
    गौतमका पति मोतीलाल र दिदी डिलकुमारीको स्मृतिमा उनले दिवा खाजा खुवाएको बताइन् । आइतबार वार्षिक पुण्य तिथि परेकोले आश्रम पुगेर उनले सहयोग गरेको बताइन् । आश्रममा ५३ जना आश्रित छन् ।
    सडकमा भेटिएका, परिवारबाट अपहेलनामा परेका तथा असहायलाई आश्रयममा राखिएको छ । मानवसेवा आश्रमले दाताकै सहयोगमा ती असहायलाई पालन पोषण गर्दै आएको संचालक बिपना तामाङले बताइन् । आश्रमको व्यवस्थापन र त्यहाँ आवस्यक पर्ने सामाग्री खरिदका लागि सहयोग पु¥याउन गौतमले उक्त रकम सहयोग गरेको जानकारी दिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend