२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

अपाङ्गता सरोकार संघ बागलुङको साधारणसभा


जनमञ्च संवाददाता
  • २५ पौस २०७९ , सोमबार

  • अपाङ्गता सरोकार संघ बागलुङको साधारणसभा

    बागलुङ, २५ पुस– अपाङ्गता सरोकार संघ बागलुङको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
    साधारणसभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवम् धवलागिरि बहिरा आवासिय मावि व्यवस्थापन समितिका अध्यक्ष केवि रानाले स्थानीय निकायमा पैरवी गर्दा सबैखाले अपाङ्गता भएका व्यक्तिहरु एकजुट भई आफ्ना सवाल प्रष्टसँग राख्नुपर्ने बताए ।
    कार्यक्रममा बागलुङ बहिरा संघका पूर्व अध्यक्ष सन्तोष पौडेल, बागलुङ नेत्रहीन संघका अध्यक्ष कुमार पुन र पर्वत नेत्रहीन संघका सल्लाहकार हरिदत्त शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष चिजा थापा मगरको अध्यक्षता, उपाध्यक्ष होमनाथ शर्माको स्वागत र सचिव टीकाराम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
    साधारणसभाका दोस्रो सत्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई एकदिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरिएको थियो । तालिमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका सहसचिव टीकाराम सापकोटाले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend