बागलुङ, २८ पुस– बागलुङ नगरपालिका वडा नं. ३ स्थित मुलपानी माबिमा बालमैत्री कलधारा तथा मुहान संरक्षणको उद्घाटन गरिएको छ ।
स्व. उपेन्द्रराज जोशी र गोपकुमारी जोशीको सम्झनामा उनका छोराहरु रेमश र ईश्वर जोशीले १ लाख ५० हजारको लागतमा कलधारा निर्माण गरेका हुन् ।
धाराको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बालमैत्री नगर बनाउन बिद्यालयमा निर्माण गरिएका बालमैत्री धाराले नगरको अभियानलाई सहयोग पुगेको बताए । सामुदायिक बिद्यालयको विकास र गुणस्तरीय शिक्षाका लागि नगरपालिका सदैब साथमा रहेको श्रेष्ठले बताए ।
कार्यक्रममा नगर–उपप्रमुख राजु खड्का, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, बिद्यालयका प्रअ सुवास कँडेल, बिद्यालयका पुर्व प्रधानाध्यापक मेघराज पाण्डे र समाजसेवी विश्वनाथ रेग्मी लगायतले बोलेका थिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिंगलराज गौतमको अध्यक्षता, शिक्षक शिव प्रसाद गौतमको स्वागत र पुर्व शिक्षक रामबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।