२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

पोखरामा यतिको विमान दुर्घटना : आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा


जनमञ्च संवाददाता
  • २ माघ २०७९ , सोमबार

  • पोखरामा यतिको विमान दुर्घटना : आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

    पोखरा, २ माघ– कास्कीको पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आज सोमबार राष्ट्रिय शोक घोषणा गरिएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
    गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ । विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । ‘सोमबार अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको छ’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन् ।
    सरकारले शोक बिदा दिए पनि परीक्षाका पूर्वनिर्धारित कार्यक्रम नरोकिने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदी खोचमा दुर्घटना भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend