बागलुङ, ५ माघ– बागलुङ नगरपालिका–८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ बर्षिय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
सिगानादेखि वडा नम्बर ३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर अनियन्त्रित भई सिगानाको शेरामा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । बागलुङ–बरेङ सडक खण्ड निर्माणमा संचालन भइरहेको टिपर निर्माण सामाग्री छाडेर फर्किदै गर्दा दुर्घटना भएको प्रनाउ थापाले बताए ।