२२ साउन २०८३ , शुक्रबार

२२ साउन २०८३ , शुक्रबार
  • २२ साउन २०८३ , शुक्रबार
  • August 7 2026

ताराखोलाको माटोमा खाद्यतत्व कम, खनिज पदार्थको अवस्था सन्तोषजनक


जनमञ्च संवाददाता
  • ७ माघ २०७९ , शनिबार

  • ताराखोलाको माटोमा खाद्यतत्व कम, खनिज पदार्थको अवस्था सन्तोषजनक

    बागलुङ, ७ माघ– जिल्लाको ताराखोला गाउँपालिकाको अधिकांश खेतीयोग्य जमिनमा खाद्यतत्व कम भएको भेटिएको छ । गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङसँगको समन्वयमा गरेको माटो परीक्षणमा अधिकांश नमुनामा खाद्यतत्व कमी रहेको पाइएको हो ।
    गाउँपालिकाबाट संकलन गरिएको ३६४ माटोका नमुनामध्ये अधिकांशमा नाईट्रोजन, पोटास र फस्फोरस जस्ता खाद्यतत्व कमी पाइएको कृषि ज्ञान केन्द्र बागलुङकी माटोबिज्ञ जमुना भण्डारीले बताइन् । माटोमा खनिज पदार्थको अवस्था भने सन्तोषजनक रहेको छ ।
    ‘ताराखोलामा रासायनिक मलको प्रयोग नहुने रहेछ, किसानले प्राङ्गारिक उत्पादनका लागि रासायनिक मल प्रयोग गर्दैनन्’ भण्डारीले भनिन् ‘घरायासी गोबरमलको कम प्रयोग हुने गरेकाले खाद्यतत्वमा ह्रास भएको हुनसक्छ ।’ माटोमा कृषि चुन वा पोटासको प्रयोग गर्नुपर्ने अवस्था भने नरहेको उनको भनाई छ ।
    भण्डारीका अनुसार किसानले पहिलेको तुलनामा गाईबस्तु कम पाल्ने र गोबर मलको मात्रा समेत घटाएकाले माटोमा बिस्तारै खाद्यतत्व मासिएको हो । ७ वटा नमुनामा कृषिचुन प्रयोग गर्नुपर्ने र २६ ठाउँको माटोमा अम्लिएपन धेरै देखिएको उनले बताइन् ।
    गाउँपालिकाले माटोको बास्तविक अवस्था थाहा पाउने र किसानलाई सोहीअनुसार कृषि उत्पादनमा लाग्न प्रेरित गर्ने उदेश्यले शिविर सञ्चालन गरेर माटो परीक्षण गरेको थियो । ३ सय ६४ नमुनामध्ये २ सय ६५ मा नाईट्रोजनको मात्रा कम, ८२ नमुनामा मध्यम र २ वटा नमुनामा अधिक नाईट्रोजनको मात्रा भेटिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
    त्यस्तै, १ सय ५४ नमुनामा फस्फोरसको मात्रा कम, १ सय ७८ नमुनामा मध्यम र १७ माटोको नमुनामा अधिक फस्फोरस पाईएको छ । ९५ नमुनामा पोटासको मात्रा कम, १ सय ८४ मा मध्यम र ७० नमुनामा पोटासको मात्रा अधिक रहेको परिक्षणमा पाईएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend