२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मौसम : भोलि र पर्सि पश्चिम नेपालमा वर्षा र हिमपातको संभावना


जनमञ्च संवाददाता
  • ८ माघ २०७९ , आइतबार

  • मौसम : भोलि र पर्सि पश्चिम नेपालमा वर्षा र हिमपातको संभावना

    काठमाडौं, ८ माघ– आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ ।
    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ । बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ ।
    आज दिउँसो पनि प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ । आजै राती भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू–भागको मौसम सफा रहनेछ ।
    सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
    मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend