२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

ब्राजिलका सेना प्रमुख जुलियो सेजार दे आरुदा बर्खास्त


जनमञ्च संवाददाता
  • ९ माघ २०७९ , सोमबार

  • ब्राजिलका सेना प्रमुख जुलियो सेजार दे आरुदा बर्खास्त

    काठमाडौं, ९ माघ– ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन् । दुई हप्ता अघि ब्राजिलको राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सयंन्त्र चुकेको उनको भनाइ छ ।
    लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गरेका छन्भने दर्जनौं सैनिक अधिकृतहरुलाई बर्खास्त गरेका छन् । राजप्रसाद, कंग्रेस र सर्वोच्च अदालतका भवनहरुमा क्षति पुगेको र त्यस बखत दुई हजार व्यक्तिलाई हिरासतमा लिएको थियो । सर्वोच्च अदालतले यसबारे छानबिन गर्ने र पूर्व राष्ट्रपति जयर बोल्सोनारोलाई दंगा उक्साएकोमा अनुसन्धान गर्ने भनिएको छ । – एजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend