२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

काठेखोलाद्वारा शिक्षासहित ११ विधेयक पारित


जनमञ्च संवाददाता
  • ९ माघ २०७९ , सोमबार

  • काठेखोलाद्वारा शिक्षासहित ११ विधेयक पारित

    बागलुङ, ९ माघ– हिउँदे अधिवेशनका रुपमा लिइने बागलुङको काठेखोला गाउँपालिकाको बाह्रौ गाउँसभाले ११ वटा बिधेयक पारित गरेको छ । गाउँसभाले सामाजिक बिकास समितिले तयार पारेको शिक्षा बिधेयकलाई सर्वसम्मत पारित गरेको हो ।
    काठेखोलाको स्थानीय शिक्षा बिधेयक पारित भएर शिक्षा ऐन तयार भएसँगै शैक्षिक क्षेत्रमा रहेका समस्या समाधान गर्ने बाटो खुलेको सामाजिक बिकास समितिका संयोजक खडक थापाले बताए ।
    गाउँसभाले कृषि विकास, आर्थिक ऐन, स्वास्थ्य तथा सरसफाई, वन, वातावरण तथा बिपत् व्यवस्थापनका लागि बनेको विधेयक, तथ्यांक तथा अभिलेख व्यवस्थापन, कर तथा गैरकर राजश्व लगाउने उठाउने बिधेयक, पूर्वाधार विकास, सुशासन समिति, प्रशासकीय कार्यबिधि, सहकारी ऐन संसोधन र आर्थिक कार्यबिधि ऐन नियमित गर्ने बिधेयक पारित गरेको हो ।
    गाउँपालिकाले काठेखोलाका मुहानबाट बागलुङ नगरपालिकामा आएको खानेपानीमा रोयल्टी लिने र गाउँपालिकाको आन्तरिक स्रोत बृद्धि गर्ने बिषय गाउँसभामा उठेको थियो । गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष राजु थापाले गाउँपालिकालाई सबै क्षेत्रको बिकास भएको पालिकाका रुपमा विकास गर्न योजनाबद्ध काम भैरहेको बताएका थिए ।
    गाउँसभाले आर्थिक बर्ष २०७९÷८० को संशोधित बजेट पास गरेको छ । १२ औं गाउँसभाले पारित गरेको ५४ करोड ९१ लाख बजेटबाट थप भएको बजेट समेत संशोधन गरी ५७ करोड ८७ लाख बजेट पारित गरेको छ । साथै, उक्त बजेटको पूर्ण कार्यान्वयनको चुनौती पुरा गर्न काम कारवाही चुस्त बनाउनुपर्ने बिषयमा छलफल भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend