२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मौलिक र शास्त्रीय नृत्यबारे कार्यशाला हुने


जनमञ्च संवाददाता
  • १४ माघ २०७९ , शनिबार

  • मौलिक र शास्त्रीय नृत्यबारे कार्यशाला हुने

    बागलुङ, १४ माघ– जिल्लामा आगामी माघ १५ गतेदेखि सात दिने नृत्य कार्यशाला सञ्चालन हुने भएको छ । विद्यार्थीहरुमा नृत्य सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनका लागि कार्याशाला आयोजना गरिएको हो ।
    जुनतारा मिडिया हाउस बागलुङको आयोजनामा सञ्चालन हुने कार्याशालामा जिल्लाभरबाट नृत्यको सैद्धान्तिक ज्ञान लिन चाहने विद्यार्थीहरु सहभागि हुन सक्ने छन् । कार्यशालामा मौलिक तथा शास्त्रीय नृत्य सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईने आयोजक दिलिप कँडेलले जानकारी दिए ।
    ‘बिद्यार्थीहरु नृत्यमा आकर्षित छन् तर धेरैलाई यसको सैद्धान्तिक पाटोको बिषयमा जानकारी छैन्’ कँडेलले भने ‘हामीले निशुल्क रुपमा कार्यशाला आयोजना गरेर मौलिक र शास्त्रीय नृत्यको प्रबद्र्धन गर्न लागिरहेका छौं ।’
    कार्यशालाको बिषयमा शुक्रबार आयोजकले पत्रकार भेटघाट गरेर जानकारी गराएको थियो । कार्यशालामा विद्यार्थीलाई सहभागिताको लागि विद्यालयलाई पत्राचार गरिएको छ । कार्यशालामा नृत्य प्रशिक्षक महेश गोदारले सहजिकरण गर्ने छन् । विद्यार्थीको पठनपाठन प्रभावित नहुने गरी बिहान वा बेलुकाको समयमा कार्यशाला सञ्चालन हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend