२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङमा पनि आत्मादाहको प्रयास


जनमञ्च संवाददाता
  • १८ माघ २०७९ , बुधबार

  • बागलुङमा पनि आत्मादाहको प्रयास

    बागलुङ, १८ माघ– बागलुङमा एक व्यक्तिले आत्मादाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ बर्षिय शेरबहादुर जिसीले आँफैलाई जलाउने प्रयास गरेका हुन् ।
    उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको मौका पारेर आत्मादाहाको प्रयास गरेका जिसीलाई घाईते अबस्थामा भेटेपछि धौलागिरी अस्पताल बागलुङ ल्याईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    उनको धौलागिरी अस्पतालमा समान्य उपचारपछि पोखराको गण्डकी मेडिकल कलेज पठाईएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताए ।
    बुधबार विहान करिव साढे ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend