२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

कलात्मक बन्दै बागलुङ कालिका मन्दिर


जनमञ्च संवाददाता
  • १९ माघ २०७९ , बिहिबार

  • कलात्मक बन्दै बागलुङ कालिका मन्दिर

    बागलुङ, १९ माघ– गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । एउटा धार्मिक संरचना कंक्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढंगले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ ।
    कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाउने कामको थालनी गरिएको छ । बाहिरी आवरण नयाँ भए पनि मन्दिरको भित्री संरचना जीर्ण भएकाले कलात्मकस्वरुप देखिनेगरी कालिका मन्दिरको पुनःनिर्माण गर्न थालिएको कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
    अहिले मन्दिरको बाहिरी आवरण इटैइँटाको छ भने ताम्रापत्रले छाएको छानोसमेत चुइने भएकाले मन्दिरलाई कलात्मक तरिकाले रुपान्तरण गर्न थालिएको हो । कालिका मन्दिरको भित्री संरचना जीर्ण भएको, तामाको छानो चुहिने भएका कारण कालिका मन्दिरको भित्री संरचना मर्मत गर्दै नयाँ तामाको छानो छाइन थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
    ‘कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाइने र मन्दिरको भित्री भागमा रहेको काठलाई परिवर्तन गर्ने हो, केही संरचनालाई विभाजन गरेर पुनःनिर्माण गर्ने हो’ उहाँले भन्नुभयो ‘मर्मत सम्भारपछि मन्दिरको बाहिरी संरचना अहिलेको भन्दा बढी कलात्मक हुनेछ, पुरातात्विक बन्ने छ ।’
    उनका अनुसार मन्दिर क्षेत्रमा निर्माण हुने अन्य संरचनासमेत कलात्मक र पुरातात्विक हुनेगरी निर्माण थालिएको हो । अहिले मन्दिरको पूर्वपट्टी निर्माण गर्न थालिएको सत्तल र हबन अग्नि कुण्डलाईसमेत कलात्मक बनाइने गरी मात्रै निर्माण सुरु गरिएको छ ।
    मन्दिरको सत्तल निर्माणमा रु ७० लाख र मन्दिरको ताम्रापत्र र भित्री संरचना मर्मत र कलात्मक बनाउन ४० लाख र हवनकुण्ड निर्माण गर्न १३ लाख खर्चको अनुमान गरिएको गुठी व्यवस्थापन समितिले जनाएको छ । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend