२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026
धौलागिरी बहुमुखी क्याम्पस बागलुङको बार्षिकोत्सव सकियो

‘व्यवहारिक शिक्षाका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्छ’


जनमञ्च संवाददाता
  • १९ माघ २०७९ , बिहिबार

  • ‘व्यवहारिक शिक्षाका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्छ’

    बागलुङ, १९ माघ– त्रिभुवन बिश्व बिद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा. डा. चित्रबहादुर बुढाथोकीले बैज्ञानिक र व्यवहारिक शिक्षाका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् ।
    धौलागिरी बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सवको मुल समारोहमा बोल्दै डिन बुढाथोकीले व्यवहारीक र बैज्ञानिक शिक्षा नभएसम्म शैक्षिक गुस्तरमा सुधार नुहने भएकाले त्यस तर्फ सवैको ध्यान जानुपर्नेमा जोड दिए ।
    बिगतको शैक्षिक निती श्रम र सिपलाई अपमान गर्ने खालको भएको भएकोले अधिकाशं युवा बिदेश पलायन भएको चर्चा गर्दै बुडाथोकीले सरकारले निति बनाएर बैज्ञानिक र व्यावहारिक शिक्षा लागु गर्नुपर्ने बताऐ । शैक्षिक नीति राम्रो नभएसम्म देश राम्रो नहुने उनको तर्क थियो ।
    कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा मगर, नेपाली काँग्रेसका प्रतिनिधी जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका कार्यालय सचिव अमर बहादुर थापा, नेकपा माओबादी केन्द्रका यज्ञबल्लभ शर्मा, नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष लाल बहादुर थापा, पुर्व क्याम्पस प्रमुख गोबिन्दप्रसाद शर्मा कँडेल, पुर्व सहायक क्याम्पस प्रमुख ओमप्रसाद शर्मा, त्रिवि प्राध्यापक सघंका सभापति भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी सघंका सभापति शिवराज पन्तले मन्तव्य व्यक्त गरेका थिए ।
    त्यसैगरी, प्रा. डा. डिल्लीराज गौतम, स्वबियु सभापति मनिष थापा, पुर्व स्वबियु सभापति चिरञ्जिीवी गौतम, पुर्व बिद्यार्थी सघंका सभापति जनकराज पौडेल, पत्रकार कोपिला कँडेल, नेपाल बिद्यार्थी सघंका दिपक सुबेदी, अनेरास्वबियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका बिकास कँडेल, बिद्यार्थी गुणस्तर समुहका संयोजक सुदिप सागर कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै क्यामपसको गुणस्तर सुधार गर्न सबैको साझा पहल आवस्यक रहेको बताएका थिए ।
    सो अवसरमा बिदाई भएर जान लागेका पुर्व क्याम्पस प्रमुख गोबिन्दप्रसाद शर्मा कँडेल र तमानखोला गाँउपालिकाका अध्यक्ष तथा क्याम्पसका पुर्व बिद्यार्थी जोकलाल बुढा मगरलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संकाय तर्फबाट उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कुत गरिएको थियो ।
    कार्यक्रम धैलागिरी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिन बहादुर थापाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend