२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए


जनमञ्च संवाददाता
  • २० माघ २०७९ , शुक्रबार

  • सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए

    काठमाडौं, २० माघ– योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको संख्या ३ लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
    १७ हजार ६ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् । कोषमा गण्डकीबाट १४ हजार ८ सय ९३ जना श्रमिक सूचीकृत भएका छन् । कोषले हालसम्म २९ अर्ब १२ करोड योगदान रकम संकलन गरेको छ ।
    कोषले योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य र मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । कोषले हालसम्म तीन खर्ब ३१ करोड दाबी भुक्तानी गरेको छ ।
    कोषले १० घातक रोगको उपचार गर्न योगदानकर्तालाई सेवा अवधिभर १० लाखम्मको उपचार खर्च उपलब्ध गराउन थालेको छ । घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने व्यक्तिले यस्तो सुविधा पाउनेछन् ।
    कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगका लागि सेवा अवधिभरमा १० लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend