२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै


जनमञ्च संवाददाता
  • २० माघ २०७९ , शुक्रबार

  • साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै

    काठमाडौं, २० माघ– बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप आज शुक्रबारबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
    प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । नेपालले प्रतियोगिताका लागि तयारी समेत राम्रो गरेको छ ।
    नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा टिम उत्कृष्ट प्रदर्शनका लागि तयार भएको बताईसकेका छन् । नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन् ।
    प्रितीले पनि प्रतियोगितामा राम्रो नतिजा ल्याउन टिम तयार रहेको बताईसकेकी छिन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
    राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend