२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मोदीले विपन्न महिला र दलितका लागि निःशुल्क लोकसेवा कक्षा चलाउने


जनमञ्च संवाददाता
  • २० माघ २०७९ , शुक्रबार

  • मोदीले विपन्न महिला र दलितका लागि निःशुल्क लोकसेवा कक्षा चलाउने

    पर्वत, २० माघ– जिल्लाको मोदी गाउँपालिकाले विपन्न महिला र दलितहरूका लागि लोकसेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
    आर्थिक वर्ष २०७९।८० को विशेष अनुदानअन्तर्गतको वार्षिक कार्यक्रमअनुसार आर्थिक र सामाजिक रूपमा विपन्न रहेका महिला र दलितको अवस्थामा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम राखेको हो ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले सामाजिक र आर्थिक रूपमा पछाडि परेकाहरू अवसरको अभावमा सधैँ पछाडि नै रहने गरेको र त्यसो हुन नदिनका लागि निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको बताए ।
    राजपत्र अंकित प्रथम (नायव सुब्बा), द्वितीय श्रेणी (खरिदार), सहायक स्तर पाँचौँ र चौथो तह अप्राविधिक पदका लागि अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागिएको हो ।
    तालिममा सहभागी हुन प्रवीणता प्रमाणपत्र तह, कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, १८ वर्ष पूरा भई ४० वर्षभित्रको उमेर भएको हुनुपर्ने, दलित पुरुषको हकमा ३५ वर्ष पार गरेको हुन नहुने र मोदीको स्थायी बासिन्दा भएको हुनुपर्ने पालिकाले जनाएको छ ।
    माघको २३ गतेसम्म इच्छुकहरूबाट दरखास्त लिएपछि सहभागीको संख्याअनुसार ‘अनलाइन प्लाटफर्म’सँग कुराकानी गरेर समय र अवधिको बारेमा टुंगो लाग्ने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रवीण पोख्रेलले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend