धेरै गरियो उजाड भाग्यमा, मरुधानको खेती ।
कर्मले नि हरेस खायो, भाग्यलाई नदेखी ।।
मनको दैलो पुजा गर्न, राख्दै आशाको रेखी ।
फेरि पनि दोहोरिने होला, सिसिफसको नियती ।।
बाल्दै आशाको दियो, सजाउँदै प्रेरणाको फुल ।
खै कति गरौं ? जुनकीरीको उज्यालोले,तारा गन्ने भुल ।।
तथ्य भन्दा तार्किक लाग्छन्, भावनाका शुल ।
सँधै कति परिक्षा लिन्छ्स, य पापी रसुल ?