२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

जथाभावी राखिने निर्माण सामग्रीले ट्राफिक व्यवस्थापनमा चुनौती


जनमञ्च संवाददाता
  • २१ माघ २०७९ , शनिबार

  • जथाभावी राखिने निर्माण सामग्रीले ट्राफिक व्यवस्थापनमा चुनौती

    फाइल तस्बिर
    बागलुङ, २१ माघ– जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ ।
    सडकमै सवारी साधनको पार्किङले पनि बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ । सदरमुकाममा रहेका कुनै पनि सरकारी कार्यालयभित्र सेवाग्राहीले पार्किङको सुविधा पाउँदैनन् । जिल्ला प्रशासन कार्यालयलगायत सबै कार्यालयमा काम गर्ने कर्मचारीको मात्रै सवारी साधन कार्यालय परिसरमा राखेपछि गेट बन्द गरिन्छ ।
    सदरमुकाममा रहेका ठूला सप्लायर्सका ढुवानी गर्ने ट्रकले कार्यालय, विद्यालय समय हेर्दैनन् । सडक नै जाम हुनेगरी जुनकसुकै बेला बजार प्रवेश गर्छन् । साँघुरो सडक नै जाम हुनेगरी आउने ठूला ट्रकले अन्य सवारी आवागमनमा बाधा पु¥याउँदै आएका छन् । पार्किङस्थलको अभावमा सवारी साधन सडक छेउमै पार्किङ गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ ।
    सहरोन्मुख दश पालिका मुकाममा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । जिम्मेवारी पाएको ट्राफिक प्रहरी कार्यालयसँग १५ जनाको मात्रै दरबन्दी छ । सदरमुकाम बागलुङ बजारकै बग्रेल्ती समस्या समाधानमा मात्रै आठ÷नौजना चाहिन्छन् । बाँकी जनशक्तिले जिल्लाका सबै क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले बताए ।
    सदरमुकाम आउने रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्नेदेखि क्षमताभन्दा धेरै यात्रु बोक्ने समस्यामा प्रहरीको नजर पुगेको छ । ‘जिल्लामा पार्किङदेखि साँघुरा सडकको समस्या रहेछ, सबै समुदायको साथ नहुने हो भने ट्राफिकले मात्रै समस्या सुल्झाउन सक्दैन्’, खड्का भने, ‘दुर्घटना भए ट्राफिकको कमजोरी देखिन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend