२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै


जनमञ्च संवाददाता
  • २२ माघ २०७९ , आइतबार

  • गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

    पोखरा, २२ माघ– गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन् ।
    प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ ।
    विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मंगलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
    प्रदेशसभा सदस्यहरु प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने, नवलपुरका किसानले मल, बीउ र सिँचाइ सुविधा नपाएको, म्याग्दी जिल्ला अस्पताल समयमै निर्माण हुन नसकेकोबारे सरकारको ध्यानाकर्षण गराउँदै स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको २ सय ९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend