२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

डिएलएको उपाध्यक्षमा बागलुङका भूमिश्वर गौतमले उमेदवारी दिने


जनमञ्च संवाददाता
  • २३ माघ २०७९ , सोमबार

  • डिएलएको उपाध्यक्षमा बागलुङका भूमिश्वर गौतमले उमेदवारी दिने

    बागलुङ, २३ माघ– डेमोक्रेटिक लयर्स एसोसिएसनको धौलागिरी समितिको बैठकले आसन्न केन्द्रीय महाधिवेसनमा अधिवक्ता भूमिश्वर गौतमलाई केन्द्रीय उपाध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको छ । गौतमले राखेको उमेदवारीको एजेण्डालाई बैठकले सर्बसम्मत रुपमा पास गरेको हो ।
    बागलुङ, पर्वत र म्याग्दीमा क्रियाशिल डिएएका पदाधिकारी र सदस्यको भेलाले यो पटक उपाध्यक्ष धौलागिरि क्षेत्रले पाउनुपर्ने दावी समेत गरेका थिए । हरेक महाधिवेसनहरुमा उपेक्षामा परेकोले यो पटक तीनवटै जिल्लाका अधिवक्ताहरु एकजुट भएर निर्वाचनमा होमिने समेत बताएका छन् ।
    तीन जिल्लाबाट ३५ जना पार्सदले महाधिवेसनमा भाग लिनेछन् । गौतमसँगै दावेदारी गरेका म्याग्दीका चिरिन्जवी शर्माले गौतमलाई समर्थत गरेर धौलागिरिबाट एकमात्र उमेदवारको रुपमा उठाउने निर्णय भएको हो । फागुन ६ र ७ गते हेटौडामा डिएलएको महाधिवेसन हुँदैछ ।
    त्यस्तै, बैठकले डिएलएको नियमित बैठक तथा भेला गर्ने, अधिवक्ताहरुको पेशागत हितको क्षेत्रमा काम गर्ने, आबाज उठाउने तथा राष्ट्रिय राजनीतिमा आफ्नो धारणा बनाउने निर्णय समेत गरेको अध्यक्ष निरन्जन लाल राजभण्डारीले बताए । बैठकले समितिका सचिव विश्वप्रकाश प्रसाईकी धर्मपत्नि बिरामी भई शल्यक्रिया समेत गरेर बसेकोले शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
    भेलामा सहभािग भएका अधिवक्ताहरुले पेशागत क्षमता बढाउन नेतृत्वले पहल गर्नुपर्ने भन्दै कानून व्यवसायको क्षेत्रमा घट्दो आर्कषणलाई बढाएर लैजानुपर्ने धारणा राखेका थिए । पेशागत क्षेत्रमा अधिवक्ताहरु आउन छाड्दा न्यायको क्षेत्र पनि कमजोर हुने भन्दै उनीहरुले लाइसेन्स लिएको हरेक व्यक्तिलाई सशक्त बनाउन बार एसोसिएसनलाई समेत जिम्मेवार बनाउनुपर्ने धारणा राखेका थिए ।
    कार्यक्रममा अधिवक्ता भूमिश्वर गौतम, चिरन्जिवि शर्मा, सागर जिवी उपाध्याय, बद्रीप्रसाद शर्मा, डिल्लीराज पौडेल, हरिप्रसाद गौतमलगायतले धारणा राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend