२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

मोन्टी देसाइ नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त


जनमञ्च संवाददाता
  • २३ माघ २०७९ , सोमबार

  • मोन्टी देसाइ नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

    काठमाडौं, २३ माघ– भारतका मोन्टी देसाइ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । देसाइलाई नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्ति गर्ने निर्णयलाई राष्ट्रिय खेलकुद परिषदले स्विकृती दिएको नेपाल क्रिकेट संघ (क्यान)का एक सदस्यले जानकारी दिए ।
    औपचारिकरुपमा आज उनको नाम घोषणा गर्न लागिए पनि उनी दुई साताअघि नेपाल आएर नेपाली टिमलाई प्रशिक्षण दिएका थिए । अघिल्लो महिना क्यानको छनोट समितिले उनलाई नियुक्त गर्न सिफारिस गर्दै खेलकुद परिषदसँग अनुमति मागेको थियो ।
    तर, क्यान बोर्ड बैठकको निर्णय हुनु पर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले अनुमति दिएको थिएन । गत साता क्यान बोर्ड बैठकपछि मात्र देसाइको नियुक्ति प्रक्रिया अघि बढेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend