९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बेनी अस्पतालको एम्बुलेन्स बिग्रदा बिरामीलाई सास्ती


जनमञ्च संवाददाता
  • २४ माघ २०७९ , मंगलबार

  • बेनी अस्पतालको एम्बुलेन्स बिग्रदा बिरामीलाई सास्ती

    म्याग्दी, २४ माघ– एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो ।
    अस्पतालका प्रमुख डा. शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताए । ‘हाडजोर्नी सम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन्, पाँच वर्ष पुरानो एम्बुलेन्स बिग्रिएर दुःख दिन थालेको छ’ डा. लामिछानेले भने ।
    पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र एक लाख ५० हजारभन्दा बढी खर्च भएको लामिछानेले बताए । बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौँ, चितवन लगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई सवारीसाधन पाउन कठिन हुन थालेको छ ।
    बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गरिएको बताए । लायन्स क्लब, भारतीय दूतावासलगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले भनाई थियो ।
    म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ–तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुईवटा र दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स बिग्रिएपछि थन्क्याएर राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend