२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

बेलुनले चिसियो चीन–अमेरिका सम्बन्ध


जनमञ्च संवाददाता
  • २५ माघ २०७९ , बुधबार

  • बेलुनले चिसियो चीन–अमेरिका सम्बन्ध

    काठमाडौं, २५ माघ– चीनले उडाएका बेलुनलाई अमेरिकाले खसाइदिएपछि दुई देशबीचको सम्बन्ध फेरी चिसिएको छ । बेलुन खसालेको घटनापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले आफ्नो चीन भ्रमण रद्द गरेका छन् भने दुई देशबीच रक्षा मन्त्रीस्तीय वार्तासमेत अनिश्चित भएको छ ।
    मंगलबार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता पेट राइडरले रक्षामन्त्रीस्तरीय वार्ताको प्रस्ताव चीनले अस्वीकार गरेको बताए । उनले भनेका छन्, ‘यस प्रकारको स्थितिमा दुवै देशबीच सम्वादको ढोका खुला राख्नुपर्छ ।’ अमेरिकी रक्षा मन्त्रालयले चीनमा टेलिफोन गरी वार्ता प्रस्ताव राखेको थियो ।
    गत शनिबार चिनियाँ बेलुन उड्दै अमेरिकाको क्षेत्रमा पुगेपछि अमेरिकी सेनाले फाइटर जेटको मद्दतमा ती बेलुन खसालेका थिए । चीनले ती बेलुन मौसमको जानकारी लिनका लागि उडाइएको तर भुलबस अमेरिकी आकाशमा पुगेको बताएको छ । तर, अमेरिकाले ती बेलुनलाई खसालेर विषयवस्तुलाई अतिरञ्जित बनाउन खोजेको गुनासो चीनको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यसप्रति खेद व्यक्त गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend