काठमाडौं, २५ माघ– नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध रिट निवेदन दिएका थिए ।