१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

बागलुङमा १० फागुनदेखि १४ औं पटक हात्तिपाइलेको औषधि खुवाईदै


जनमञ्च संवाददाता
  • २६ माघ २०७९ , बिहिबार

  • बागलुङमा १० फागुनदेखि १४ औं पटक हात्तिपाइलेको औषधि खुवाईदै

    बागलुङ, २६ माघ– जिल्लामा आगामी फागुन १० गतेदेखि हात्तिपाइले रोगबिरुद्ध औषधि खुवाइने भएको छ । यो पटकको औषधि १४ औं पटक खुवाइन लागिएको हो ।
    बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानमा बढी संक्रमण देखिएको र बजारी क्षेत्रमा पनि छिटफुट देखिंदा औषधि खुवाउनुपरेको हो । बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, अब १५ औं पटक हात्तिपाइले विरुद्वको औषधि खुवाउन नपर्ने गरी तयारी भैरहेको हो ।
    हात्तिपाइले रोगको किटाणु मानव शरीरमा भए नभएको पत्ता लगाउन प्रत्येक व्यक्तिमा ‘प्रि ट्रान्समिसन एसेस्मेन्ट सर्भे’ पास गरेकोले अन्तिम पटक फागुन १० गतेदेखि १४ औं पटकको औषधि खुवाउन लागिएको खनालले जानकारी दिए ।
    हात्तिपाइले फोकलपर्सन बिष्णुनाथ सापकोटाका अनुसार, नगरभित्रका ५९ हजार १ सय ३३ जनालाई यो औषधि खुवाइने छ । मौषमी मजदुर तथा सहरी क्षेत्रका शिक्षित व्यक्तिहरुले औषधि नखाएकोले पटक पटक समस्या बल्झेको सापकोटाले बताए ।
    २०६६ सालदेखि बागलुङमा नियमित हात्तिपाइलेको औषधी खुवाइएको छ । तर हरेक बर्ष कोही न कोही छुट्ने र उनीहरुबाट फेरी अन्य व्यक्तिमा सर्ने कारणले निरन्तर हात्तिपाइलेका रोगी भेटिएका छन् । निर्मुल पार्न नियमित औषधी खुवाउँदा पनि रोगी बढेको देखिएपछि गतबर्ष ५ बर्ष माथीका हरेक व्यक्तिलाई औषधी खुवाइएको थियो ।
    संख्याको हिसाबले सबैभन्दा धेरै बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानमा देखिएको छ । उक्त वडामा मात्रै २० जना संक्रमित भेटिएका छन् । त्यसबाहेक बडिगाड र गलकोट नगरपालिकामा पनि छिटफुट संक्रमितहरु भएकोले ती पालिकामा पनि औषधि खुवाइने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend