२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

प्रवासीको सहयोगमा त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्ग


जनमञ्च संवाददाता
  • २६ माघ २०७९ , बिहिबार

  • प्रवासीको सहयोगमा त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्ग

    बागलुङ, २६ माघ– काठेखोला गाउँपालिका वडा नम्बर ५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । विदेशमा रहेका बिहुँकोटबासीको सहयोगमा प्रसिद्ध त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण थालिएको हो ।
    पदमार्ग निर्माणमा हालसम्म ६० लाख खर्च भएको छ । प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए । बिहुँको शान्तिचोकदेखि हटियाहुँदै मन्दिरसम्म निर्माण भईरहेको पदमार्गमा स्थानीयबासीले जनश्रमदान समेत गर्दै आएका छन् ।
    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउने गरेका छन् । पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए । पदमार्गमा स्थानीय स्लेट बिच्छाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend