२० साउन २०८३ , बुधबार

२० साउन २०८३ , बुधबार
  • २० साउन २०८३ , बुधबार
  • August 5 2026

भूकम्पबाट टर्की र सिरियामा १५ हजार बढीको मृत्यु


जनमञ्च संवाददाता
  • २६ माघ २०७९ , बिहिबार

  • भूकम्पबाट टर्की र सिरियामा १५ हजार बढीको मृत्यु

    काठमाडौं, २६ माघ– सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार ८ सय ६५ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार ८ सय ६५ पुगेको हो ।
    टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी (एएफएडी)का अनुसार, टर्कीमा मात्रै मृतकको संख्या बढेर कम्तिमा १२ हजार ८ सय ७३ पुगेको छ भने सिरियाको उत्तरपश्चिममा विद्रोही र सरकारी नियन्त्रित भागहरूमा गरी मृतकको संख्या कम्तिमा २ हजार ९ सय ९२ पुगेको छ ।
    मृतकको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको सहायता एजेन्सीहरूले जनाएका छन् । सिरियामा, खोज र उद्धार टोलीहरूले चिसो मौसमको अवस्थाको बीचमा हजारौं भत्किएका भवनहरूको भग्नावशेषहरू पन्छयाइरहेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend